१० मंसिर २०७६, काठमाडौँ
टाइगर श्राफ पछिल्लो समयका सर्वाधिक व्यस्त र चर्चित बलिउड अभिनेता हुन् । यतिबेला भने उनी चलचित्र बागी ३ को छायांकन सकेर बसेका छन् । यस्तै चलचित्र बागी ३ को छायांकनको क्रममा टाइगर घाइते समेत भएका थिए ।
अहिले उनी केही ठिक भएका छन् । बागी ३ को एक्सनको सिन गर्दा उनी घाइते भएका हुन् । यो कुराको जानकारी स्वयम टाइगरले नै सामाजिक सञ्जालमार्फत दिएका थिए । अहिले उनले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् ।