‘इन्टरभ्यू दिएँ, मैले के बिराए ?’ : अञ्जली अधिकारी



१० मंसिर २०७६, काठमाडौँ

केहीदिन अघि एक अन्तवार्तामा अंग्रेजी नबुझेर गलत उत्तर दिदाँ चर्चित मोडल अञ्जली अधिकारी अहिले  सामाजिक सञ्जालमा निकै ट्रोल भैरहेकी छिन् ।

‘क्यानडा नेपाल’ युट्युब च्यानललाई दिएको अन्तर्वातामा उनको ‘रिलेसनसिप स्टाटस’ सोधिएको थियो । तर, उनले आफ्नो फेसबुक स्टाटसको कुरा गरिन् । उनले भनेकी छिन् ‘म खासै स्टाटस लेख्दिन । कहिलेकाहीँ मायाप्रेमको गीत लेख्छु तर, प्राय म आफ्नो भिडियोको लिन्क सेयर गर्छु’ । उनको यहीं जवाफले उनी ट्रोल भएकी हुन् ।

धेरैले उनलाई अंग्रेजी बोल्न नजान्ने मोडल भन्दै उनको मजाक उडाइरहेका छन् भने कक्तिले उनलाई अंग्रेजी सिक्न जरुरी रहेको भन्दै व्यङ्ग गरिरहेका छन् ।

यसैबिच अञ्जलीले फेसबुकमा निकै भावुक स्टाटस लेखेकी छिन् । उनले आफूले जे जानेको त्यहि बोल्दा के बिराए भन्दै गुनासो पोखेकी छिन् ।

उनले आफ्नो गल्ती पनि स्वीकारेकी छिन् । उनले गल्ती नगरी मान्छेले केही नयाँ कुरा नसिक्ने पनि बताइन् । उनको स्टाटसमा भने धेरैले उनको सपोर्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्