१० मंसिर २०७६, काठमाडौँ
रबिना वादी बेला बेलामा चर्चामा आइरहन्छिन् । केहीसमय अघिदेखि उनी भारतीय नागरिक आरुष चौहानको प्रेममा थिइन् । उनले आफ्नो प्रेमबारे मिडियामा खुलेर नै बोलेकी थिइन् । रबिनाका प्रेमी पनि मिडियामा आएका थिए ।
रबिना र आरुषले सुटुक्क विवाह गरेका छन् । उनीहरुले आफ्नो विवाहमा कसैलाई निम्तो गरेका थिएनन् । त्यतिमात्र नभएर आरुषको घरमा समेत उनको विवाह भएको कुरा थाहा छैन ।
आरुष र रबिनाले अब एउटा सन्तानको चाहना रहेको र छोरी नै होस् भन्ने चाहना रहेको बताएका छन् । विवाहपछि आरुष र रबिना निकै नै खुसी देखिएका छन् । स्मरण रहोस् आरुष तिनै पुरुष हुन् जसलाई रबिनाले छोरालाई बचाउनको लागि आफ्नो मृगौला बेचेकी थिइन् ।