‘यो बर्ष सृष्टि र मेरो विवाह हुदैँन’ : सौगात मल्ल



११ मंसिर २०७६, काठमाडौँ

सौगात मल्ल केहीसमय अघि उनकी प्रेमिका तथा नायिका सृष्टि श्रेष्ठसँग यूके उडेका थिए । सृष्टिको परिवार यूकेमा नै छ । लामो समयदेखि एकअर्काको प्रेममा रहेका सौगात र सृष्टिले छिट्टै विवाह गर्न लागेको कुरा पनि नचलेको होइन ।

त्यसैले सौगात र सृष्टि यूके जादाँ धेरैले सौगात सृष्टिका आमाबुबासँग उनको हात माग्न यूके गएको अनुमान लगाएका थिए । तर सौगातले यो कुराको खण्डन गरेका छन् । उनले सृष्टिको हात माग्नको लागि नभएर उनको आमाबुबालाई भेट्न मात्र यूके गएको बताए ।

उनले सृष्टिको र उनको विवाहको बारेमा सृष्टिको परिवारसँग पहिले नै सल्लाह भैसकेको पनि बताए । यस्तै सौगातले यो बर्ष सृष्टिको र आफ्नो विवाह नहुने बताए । उनले अर्को बर्ष विवाह गर्ने तयारी भैरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्