हात जोडिएपछि मेघा घिमिरेले खुसी हुदैँ चकलेट बाडिन्



११ मंसिर २०७६, काठमाडौँ

मेघा घिमिरेलाई नचिन्ने सायद कोही छैनन् होला । करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरे मिडियामा आएपछि उनलाई धेरै ठाउँबाट सहयोग आयो । त्यहि सहयोगका कारण मेघाले कृतिक हात जोड्न सफल भएकी छिन् ।

मेघा करिब ४० दिन अगाडी आफ्नो हात हाल्नको लागि अमेरिका गएकी थिइन् । अहिले मेघा हात हालेर नेपाल फर्किएकी छिन् । उनले पुरै हातले नै काम भने गर्न सक्ने भैसकेकी छैनन् । तर विस्तारै उनी हात भने चलाउँदै  छिन् ।

मेघा मात्र नभएर मेघाका परिवार पनि अहिले निकै नै खुसी छन् । मेघाले हात हालेपछि आफ्नो परिवारलाई आफ्नै हातले चकलेट समेत दिइन् । मेघाले देशविदेशमा छरिएर रहेका आफ्ना सहयोगी नेपाली दाजुभाइ दिदीबहिनी, मिडियाकर्मी र आफ्ना आफन्तलाई पनि धन्यवाद दिन भ्याइन् । उनले अब आफूले केही गर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्