आफूभन्दा ४७ बर्ष कान्छी युवतीसँग विवाह गरेका हजुरबुबा भन्छन् : ‘हामी एकअर्का बिना बाँच्न सक्दैनौँ'(भिडियो)



११ मंसिर २०७६, काठमाडौँ

भनिन्छ नि प्रेमबिना संसार नै चल्दैन । अनि साचो प्रेममा जात, उमेर केहीपनि हेरिन्न । यस्तै अहिले सामाजिक सञ्जालमा एक जोडी निकै नै भाइरल भैरहेका छन् । कुरा हो ६८ बर्षका हजुरबुबा र उनकी २१ बर्षकी श्रीमतीको ।

यो कुरा सुन्दा सुरुमा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । इलामका ६८ बर्षका वृद्धले आफूभन्दा ४७ बर्ष कान्छी २१ बर्षकी युवतीसँग विवाह गरेका छन् । आफ्नी नातिनी जस्ती युवतीसँग विवाह गरेका हजुरबुबा आफ्नी श्रीमतीलाई निकै नै माया गर्ने बताउँछन् ।

यो ती वृद्धको  पाचौँ विवाह हो । यो भन्दा अघि नै उनले ४ पटक विवाह गरिसकेका छन् । यस्तै उनले आफू घरमा एक्लै भएका कारण काममा सघाउनको लागि ती युवतीलाई विवाहको प्रस्ताव गरेको बताए । ती कलिली युवतीले पनि आफ्ना वृद्ध श्रीमानको निकै माया लाग्ने बताइन् । दुवैले एकअर्काबिना बाच्नै नसक्ने समेत बताए । छाडे ।

दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाए ।

आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरेर छाडे ।

प्रतिक्रिया दिनुहोस्