बम विस्फोटमा ६ जनाको मृत्यु



११ मंसिर २०७६, काठमाडौं

इराकमा भएको बम विस्फोटमा ६ जनाको मृत्यु भएको छ।

राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको विस्फोटमा परेर १५ जना घाइते भएका छन्।

उत्तरी बगदादमा मोटरसाइकमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। विस्फोटमा ६ जना घाइते भएका थिए।

त्यसैगरी दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

यस्तै पूर्वी बलदियात जिल्लामा भएको विस्फोटमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको बताइएको छ। गत अक्टुबरदेखि नै इराकमा भइरहेको सरकार विरोधी आन्दोलनकाक्रममा हिंसाका घटनाहरु भइरहेका छन्।

पछिल्लो समय बढ्दै गएका हिंसाका कारण तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ। सन् २००३ मा सद्दाम हुसेनको पतनपछि जारी सबैभन्दा ठूलो प्रदर्शनमा कयौं घाइते भएको बताइएको छ।

नेतृत्वबिहीन विद्रोहीले सन् २००३ पछिको राजनीतिक प्रणाली भत्काउन हिंसात्मक गतिविधि बढाएको सरकारको आरोप छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्