बंगलादेशमा ७ जनालाई मृत्युदण्ड



११ मंसिर २०७६, काठमाडौं

बंगलादेशको राजधानी ढाकास्थित चर्चित होली आर्टिसन बेकरी क्याफे हमलाका सात दोषीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

ढाकाको गुल्सन क्षेत्रमा रहेको उक्त क्याफेमा २०१६ को जुलाइ १ मा २२ जनाको ज्यान जाने गरी हमला भएको थियो। हमलामा मारिनेमध्ये १७ जना विदेशी थिए।

आतंकवादी हमला भनिएको उक्त घटनामा संलग्न सातजनालाई अदालतले बुधबार मृत्युदण्ड सुनाएको हो। न्यायाधीश एमडी मजिबुर रहमानको नेतृत्वमा अदालतले बुधबार फैसला सुनाएको हो।

हदिसुर रहमान, राकिबुल हसन रेगन, अस्लाम होसेन रश, एमडी अब्दुस सबुर खान, शरिफुल इस्लाम खलेद, ममुनुर रशिद रिपोन र जहांगिर होसेनलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्