जब फ्यानले काजोललाई सोधे, ‘अजयलाई नभेटेको भए शाहरुखसँग बिहे गर्नुहुन्थ्यो’ ?



११ मंसिर २०७६, काठमाडौँ

काजोल र शाहरुखको जोडी बलिउडमा निकै राम्रो मानिन्छ । शाहरुख र काजोलले धेरै चलचित्रमा एकसाथ काम गरेका छन् । यी दुईको जोडीलाई दर्शकले निकै नै रुचाउने गरेका थिए । काजोल र शाहरुख एकअर्काका मिल्ने साथी पनि हुन् ।

यस्तै काजोलले केहीदिन अघि सामाजिक सञ्जालमा फ्यानलाई प्रश्न गर्न लगाएर उनीहरुको प्रश्नको सबै जवाफ पनि दिएकी छिन् । एक फ्यानले सोधे–‘के तपाइको जिन्दगीमा अजय देवगणसँग भेट नभएको भए साहरुख खानसँग बिहे गर्नुहुन्थ्यो रु’ यसमा काजोलको जवाफ थियो–‘साहरुख प्रपोज गर्ने खालको मानिस नै होइनन् ।’

काजोलले आफूले आफ्नो जिन्दगीको पहिलो क्रससँग नै बिहे गरेको पनि फ्यानको प्रश्नमा जवाफ दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्