जेल जादैँ चर्चित हाँस्यकलाकार मनोज गजुरेल



१२ मंसिर २०७६, काठमाडौँ

चर्चित हाँस्यकलाकार मनोज गजुरेल जेल जाने भएका छन् । यो कुरा झट्ट सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । उनले त्यस्तो केही अपराध गरेर होइन, पूर्वका विभिन्न कारागार (जेल) भ्रमणको तयारी गरिरहेका छन् ।

एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको ‘कारागार हास्यव्यङ्ग्य शिविर’ का लागि उनले जेल भ्रमण गर्ने भएका हुन् । शनिबारदेखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानहरुमा रहेका कारागारहरुमा आयोजना गरिँदै छ ।

उक्त कार्यक्रममा जेल जीवन बिताइरहेका कैदीहरुलाई मानवअधिकारका बारेमा समेत तालिम दिइने आयोजकले बताएको छ । उनीहरुलाई रमाइलो रुपले तालिम दिनको लागि मनोज गजुरेललाई यस काममा सामेल गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्