आर्यन र मिरुनाको ‘च च हुई’ लाई लगानी उठाउनै सकस



१२ मंसिर २०७६, काठमाडौँ

मंसिर ६ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र च च हुई ले बक्सअफिसमा अत्यन्तै निराशाजनक व्यापार गरेको छ । यो चलचित्रबाट आर्यन र मिरुनाले ठूलो आश गरेका थिए । तर नतिजा उल्टो आयो ।

च च हुई प्रदर्शनमा आएको एक हप्तामा नै लगभग सबै मल्टिप्लेक्सबाट उत्रिसकेको छ । सिंगल थिएटरमा भने च च हुई प्रदर्शनरत नै छ ।

ओरालो लागेको चलचित्रको व्यापारलाई च च हुई ले केही हदसम्म राहत दिने अनुमान धेरैले लगाएका थिए । तर चलचित्र बक्सअफिसमाा पत्तासाफ भएपछि अहिले चलचित्र टिम निराश छ ।

प्रतिक्रिया दिनुहोस्