१३ मंसिर २०७६, काठमाडौँ
केटा र केटीको मन मिलेपछि र उनीहरुले सँगै बस्ने निर्णय गरिसकेपछि विवाह गर्ने गर्छन् । कसैले अलि छिटो त कसैले अलि ढिलो विवाह गर्ने गरेका छन् । विवाह गर्नको लागि कुनै परीक्षा दिनुपर्ने वा कुनै कोर्स लिनुपर्ने कुरा हामीले अहिलेसम्म कतै सुनेका छैनौ । विश्वको कुनै ठाउँमा यस्तो प्रावधान आएको पनि थिएन ।
तर इण्डोनेशियामा भने सन् २०२० देखि अनौठो नियम लागू हुने भएको छ । विवाह गर्नुअघि सबैलाई ३ महिनाको तालिम दिइने व्यवस्था इङ्गल्याण्डमा आउने भएको छ । जसको लागि हामीले पैसा भने खर्च गर्नु पर्दैन ।
उक्त तालिममा वैवाहिक जीवनबारे सम्पूर्ण तालिम दिइन्छ । इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् । यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ, उसले मात्र बिहे गर्न पाउनेछ ।