१३ मंसिर २०७६, काठमाडौँ
असोज २४ बाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र छ माया छपक्कै ले राजधानीका ६ हलमा ५१ औँ दिन मनाउन सफल भएको छ । अहिले नेपाली चलचित्रको व्यापार निकै खस्कदो अवस्थामा छ । यस्तोमा छ माया छपक्कै ले ५१ औँ दिन पार गर्नु साच्चै नै ठूलो कुरा हो ।
चलचित्रले ५१ औँ दिन मात्र मनाएन यो बर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये सबैभन्दा धेरै कमाई गर्न सफल पनि भयो । चलचित्रले ५१ औँ दिनसम्म पुग्दा १४ करोड ग्रस कलेक्सन गरेको छ । रोहित अधिकारीले निर्माण गरेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । राजनीतिक पृष्ठभूमिमा निर्मित चलचित्रको कथावस्तुलाई दर्शक र समिक्षक दुवैले निकै मन पराएका थिए ।