१४ मंसिर २०७६, काठमाडौँ
द भ्वाइस अफ नेपाल अहिलेको सर्वाधिक रुचाइएको रियालिटी शो हो । द भ्वाइस अफ नेपाल नहेर्ने सायद कोही छैनन् होला । पहिलो सिजनबाट नै दर्शकमाझ निकै लोकप्रिय बनको द भ्वाइस अफ नेपाल सिजन २ ले दर्शकको झन धेरै माया पाएको छ ।
हिजो प्रशारण भएको द भ्वाइस अफ नेपाल सिजन २ को एपिसोडले आफ्नो टप ४ फाइनलिस्ट पाएको छ । ब्लाइन्डबाट ब्याटल, ब्याटलबाट नकआउट र नकआउट बाट लाइभमा उत्कृष्ट १२ प्रतिस्पर्धी पर्न सफल भएका थिए । लाइभमा पुगेपछि कुन प्रतिस्पर्धीलाई अगाडी लैजाने भन्ने जिम्मा दर्शकको हातमा नै थियो । दर्शकको भोटको आधारमा नै द भ्वाइस अफ नेपाल सिजन २ ले उत्कृष्ट ४ फाइनलिस्ट पाएको छ ।
उत्कृष्ट ४ मा प्रत्येक कोचका एक एक प्रतिस्पर्धी पर्न सफल भएका छन् । काच दिपबाट विकास लिम्बु, राजुबाट सनिस श्रेष्ठ, आस्थाबाट आरिफ राउफ र प्रमोदबाट राम लिम्बु फाइनलमा पर्न सफल भएका छन् ।
हिजो प्रशारित एपिसोडमा ८ प्रतिस्पर्धीले गीत गाएका थिए । जसमध्येबाट ४ जना आउट भएर ४ जना फाइनलमा प्रवेश गर्न सफल भएका हुन् ।
आउँदो शनिबार द भ्वाइस अफ नेपाल सिजन २ को चुच्चेपाटी स्थित हायत ग्राउण्डमा ग्राण्ड फिनाले हुदैँछ । अब फाइनलमा पुगेका ४ प्रतिस्पर्धीमध्ये कसले द भ्वाइस अफ नेपाल सिजन २ को उपाधी हात पार्ने हुन् त्यो भने आउँदो शनिबार नै थाहा हुनेछ ।