१५ मंसिर २०७६, काठमाडौँ
भुवन केसी र नायिका जिया केसी लामो समयदेखि एकसाथ बस्दै आएका छन् । यी दुईले आफ्नो सम्बन्धको बारेमा अझै पनि खुलेर बोल्ने गरेका छैनन् । भुवन र जिया दुवैले एकअर्कालाई मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् ।
यस्तै भुवन र जिया केहीसमय अघि सूर्य इन्टरनेशनल अवार्ड को लागि एकसाथ जापान पुगेका थिए । जापानमा भुवन र जिया एकअर्काको हात समातेर घुमिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।