एउटै कपडा २ चलचित्रमा लगाएका कारण ट्रोलको शिकार बने अक्षय



१५ मंसिर २०७६, काठमाडौँ

बलिउड अभिनेता अक्षय कुमार ट्रोलको शिकार भएका छन् । एउटै लुगा २ वटा चलचित्रमा लगाएको भन्दै उनलाई सामाजिक सञ्जालमा ट्रोल बनाइदैँ छ ।

अक्षय कुमारले हाउसफूल ४ र गुड न्युज मा एउटै टिसर्ट लगाएको र हेयरस्टाइल पनि एउटै भएको देखिएको छ ।

अक्षयको फ्यान पेजमा एक प्रयोगकर्ताले हाउसफूल ४ र गुड न्यूजबाट अक्षयका तस्बिर सेयर गरेका छन् । ती दुई फोटोमध्ये एउटा अक्षयको आउँदो फिल्म गुड न्यूजको हो भने अर्को फोटो हाउसफूल ४ को हो । यो क्लोज रिपिटेशनका लागि प्रयोगकर्ताले अक्षयको मुभी बजेटको मजाक उडाएका छन् ।

प्रतिक्रिया दिनुहोस्