जापानमा रुचाइयो पुष्प र साम्राज्ञीको ‘मारुनी’



१५ मंसिर २०७६, काठमाडौँ

भदौ मा प्रदर्शनमा आएको चलचित्र मारुनी को केहीदिन अघि जापानमा विशेष शो राखिएको थियो । नेपालमा खासै राम्रो व्यापार गर्न नसकेको मारुनी को कथावस्तुलाई भने दर्शकले अत्यन्तै रुचाएका थिए ।

जापानमा रहेका नेपाली दर्शकले पनि चलचित्र मारुनी लाई निकै नै रुचाएका छन् । चलचित्र हेरेका अधिकांश दर्शकले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे भने चलचित्रको विषयवस्तुलाई पनि रुचाए ।

जापानको नागोया फुसीमा मिलिओन थिएटरमा यो फिल्मको प्रदर्शन गरिएको हो । जसका लागि केही दिन अगाडि नेपालबाट अभिनेता पुष्प खड्का र निर्माता पुनम गौतम जापान पुगेका थिए । जापान प्रदर्शनमा फिल्मले प्रशंसा बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्