जहाज दुर्घटनाः ९ को मृत्यु



१५ मंसिर २०७६, काठमाडौं

अमेरिकाको साउथ डाकोटास्थित जहाज दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ। घटनामा अन्य ३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बालबालिका पनि रहेका बताइएको छ। ‘पिलाटस पिसी–१२’ नामको जहाज उड्ने क्रममा दुर्घटना भएको हो। चम्बरलेन एयरपोर्टबाट २ किलोमिटर पर मात्रै दुर्घटना भएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ।

सिङ्गल इन्जिनको उक्त जहाजमा पाइलट सहित जम्मा १२ जना सवार थिए। अमेरिकी मिडियाका अनुसार दुर्घटनामा बाँच्ने ३ जनालाई उपचारका लागि सिआक्स फल्स अस्पताल लगिएको छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्