सागमा नेपाललाई दोस्रो स्वर्ण



१६ मंसिर २०७६, काठमाडौं

१३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत ट्रायथोलनमा नेपालका सोनी गुरुङले स्वर्ण जितेकी छिन्।

पोखरामा भएको महिला ट्रायथोलनतर्फ पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन्।

यस्तै दौडमा सोनी पहिलो भएकी थिइन्। साग अन्तर्गत ट्रायथोलनमा नेपालले जितेको यो पहिलो स्वर्ण हो।

रजत र कास्य पदक भने भारतले जितेको छ।

प्रतिक्रिया दिनुहोस्