१६ मंसिर २०७६, काठमाडौं
धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवार तिलक राईले जितेपछि नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपालाई धरानको किल्ला बर्लिनको पर्खालजस्तो ढलेको पत्तै नभएको बताएका छन्।
सोमबार आफ्नो आधिकारिक ट्वीटरमा लेख्दै प्रवक्ता शर्माले नेकपालाई धरानको किल्ला बार्लिनको पर्खाल जसरी ढलेको पत्तै नभएको टिप्पणी गरेका हुन्।
‘कसैले भने ‘पश्चिम बङ्गालझैँ हो धरान’, लालझण्डा यहाँ सदैव माथी रहन्छ। बिर्सिए सबैभन्दा माथी जनताको मत रहन्छ। तिनलाई पत्तै भएन पश्चिम बङ्गालको राज अलि अघि स्वयम् ढलिसकेको थियो बर्लिनको पर्खालझैँ! आज भानु चोकमा उभिएर धरानले भन्यो – म परिवर्तनको पक्षमा उभिन्छु। विन्रम बधाई धरानलाई।’ उनले लेखेका छन्।
सोमबार सकिएको मतगणनाको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ सय मतले पछि पार्दै तिलक राई विजयी बनेका हुन्। राईले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन्।
कसैले भने `पश्चिम् बंगाल´ हो धरान l लालझण्डा यहाँ सदैब माथी रहन्छ l बिर्सिए सबै भन्दा माथी जनताको मत रहन्छ l तिनलाई पत्तै भएन पश्चिम् बंगालको राज अलिअघी स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं !
आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु l विन्रम बधाई धरानलाई l pic.twitter.com/2KgfgWQnWn
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 2, 2019
सांकेतिक/फाइल तस्वीर