सागमा नेपालले उठाइसक्यो ९ स्वर्ण[नामावली]



१६ मंसिर २०७६, काठमाडौं

१३ औं दक्षिण एसियाली खेलकूद(साग)मा नेपालले अहिलेसम्म नेपालले ९ वटा स्वर्ण हात पारेको छ।

सोमबार नेपालले तेक्वान्दो र कराँते खेलमा शानदार प्रदर्शन गरको हो। नेपालका लागि कराँतेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन्।

उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराए। यससँगै कराँतेमै नेपालको चार स्वर्ण पदक जितेको छ। सोमबारनै नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ।

एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो।

नामावली

 

कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराँते (टिम काता, महिला)

कराँते (टिम काता, पुरुष)

कराँते (५५ केजी) – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथलोन – सोनी गुरुङ

प्रतिक्रिया दिनुहोस्