१७ मंसिर २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं प्रदेश सांसद जगत सिंखडा मजदूर विशेष जिल्ला कमिटीको बैठकमै बेहोस भएका छन्।
नागरिक खबरले लेखेअनुसार नेकपा पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा मंगलबार सिंखडा बैठकमै बेहोस भएका थिए। उनलाई तत्काल नर्भिक अस्पताल थापाथली लगिएको थियो।
चिकित्सकले भीर मौरीको महले ब्लड सर्कुलेसनमा समस्या भएकाले सिंखडा बेहोस भएको बताएका छन्। अहिले सिंखडाको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको रहेको नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालले बताए।
भीर मौरीको महले रक्तसंचार समस्या ल्याएर सांसद सिंखडा बेहोस बनेका उपचारमा संलग्न सिलवालको भनाइ छ।