१३ औं सागमा नेपाल अब्बलः स्वर्णको संख्या १९ पुग्यो



१७ मंसिर २०७६, काठमाडौं

१३ औं सागको आज दोस्रो दिन चलिरहँदा नेपालले १९ स्वर्ण आफ्नो पोल्टामा पारिसकेको छ।

नेपालले पदकमा दबदबा नै कायम गरेको छ। हालसम्म नेपाल १९ वटा स्वर्ण, ३ रजत र ७ कास्यसहित शीर्ष स्थानमा रहेको छ।

कराँतेमा उतृष्ट प्रदर्शन गर्दै मंगलबार नवीन रासाइलीले नेपाललै कराँतेमै आठौं स्वर्ण दिलाएका छन्। मंगलबारको प्रतिस्पर्धामा रसाइलीले ६७ केजीको प्रतिस्पर्धामा पाकिस्तानका अमेद नसिरलाई पराजित गर्दै स्वर्ण दिलाएका हुन्।

यो कराँतेमा मात्रै नेपालले पाएको आठौं स्वर्ण हो। कराँतेमा एकछत्र राज गरेको नेपालले सोमबार ९ स्वर्णका लागि भएको खेलमा नेपालले ७ स्वर्ण जितेको थियो। नेपालले हालसम्म जितेका १९ स्वर्णमध्ये कराँतेबाट ८, तेक्वान्दोबाट ७ र ट्राइथोलनबाट १ र उसुबाट ३ स्वर्ण छन्।

प्रतिक्रिया दिनुहोस्