श्रृङ्खलाको आश – ‘अनुष्काले मिस वर्ल्ड को ताज जित्नेछिन्’



१७ मंसिर २०७६, काठमाडौँ

डिसेम्बर २४ मा हुन लागेको मिस वर्ल्ड २०१९ का लागि मिस नेपाल अनुष्का श्रेष्ठ यतिबेला बेलायतमा छिन् । अनुष्का आफ्नो प्रस्तुतीका कारण सबैको नजरमा परिरहेकी छिन् ।

यस्तै मिस नेपाल २०१८ की विजेता श्रृङ्खला खतिवडाले अनुष्कालाई यसपटकको मिस वर्ल्ड का विजेताको रुपमा देखिसकेको बताएकी छिन् । अनुष्काले मिस वर्ल्ड को ताज नेपाल भित्र्याउनको लागि निकै मेहेनत पनि गरिरहेकी छिन् ।

अनुष्काका लागि श्रृङ्खला लेख्छिन्–‘मलाई थाहा छ, यो धेरै नै चाडो हुनेछ तर मलाई अनुष्काले ताज घर भित्राउनेछिन् भन्ने महशुश हुन थालेको छ । यी स्मार्ट महिला हरेक गतिविधीमा चम्किएकी छिन् । अक्सफोर्ड यूनिभर्सिटीमा बोल्नका लागि उनलाई अडिसन चरणबाट चयन गरिएको थियो । अब, उनले शक्तिशाली रातो पोशाकमा हाउस अफ लड्र्समा एशिया महाद्धिपको प्रतिनिधित्व गर्नेछिन् ।’

प्रतिक्रिया दिनुहोस्