१८ मंसिर २०७६, काठमाडौँ
नायिका आँचल शर्मा अहिले चलचित्रका कारण भन्दापनि आफ्नो प्रेमसम्बन्धका कारण चर्चामा आउन थालेकी छिन् । आँचल केहीसमय देखि डा.उदिप श्रेष्ठसँग प्रेममा छिन् । पहिले त आँचलले उदिपसँगको सम्बन्धलाई लुकाउँदै आएकी थिइन् । तर आजभोली भने उनी आफ्नो प्रेमबारे खुलेर बोल्न थालेकी छिन् ।
त्यतिमात्र नभएर आँचल सामाजिक सञ्जालमा निर्धक्क भएर उदिपसँगका तस्बिर सेयर गर्न थालेकी छिन् । आँचलले यहि फागुनमा विवाह गर्न लागेको पनि खबर बाहिर आएको छ । आँचलले पनि यो बर्ष विवाह हुने सम्भावना भएको तर विवाह मिति भने तय नभएको बताएकी छिन् ।