१९ मङ्सिर २०७६, काठमाडौं
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जित्नुभएको छ ।
काठमाडौँको गोकर्णमा आज भएको खेलमा बुद्धिबहादुरले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक जित्नुभएको हो । उहाँले एक मिनेट १९.०८ सेकेण्डमा निर्धारितत दूरी पूरा गर्नुभयो । सोही स्पर्धामा नेपालका राजीव राईले रजत पदक जित्दा कास्य पदक पनि नेपालकै ओकेशराज बज्रचार्यले जित्नुभयो ।
जारी सागमा नेपालका लागि यो ३२ औँ स्वर्ण पदक हो । सागमा नेपालले अहिलेसम्मको सर्वाधिक स्वर्ण पदक जितेको छ । यसअघि सन् १९९९ को सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो ।