कागेश्वरी मनोहरामा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सँगै अन्तर्क्रिया (फोटो फिचर)



२४ मंसिर २०७६, काठमाडौं

कागेश्वरी मनोहरा नगरपालिकाले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सँगै अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाईदै आएको लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभिायनको आज अन्तिम दिनको अवसरमा अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सरिता न्यौपानेले छोरा छोरीमा बराबर अधिकार दिन आवश्यक रहेको बताउँदै राज्यले दिने सेवामा महिला पुरुषलाई समान तरिकाले दिँदा समेत लैङ्गिक हिंसा घट्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रमका सभापति तथा नगर प्रमुख कृष्णहरी थापाले कसैलाई पनि छोरा हुँदा माया गर्ने र छोरी भएकै कारण कम महत्व दिने जस्ता कुराले हिंसा हुने बताउँदै आफ्नो नगरमा समुदाय प्रहरी साझेदार कार्यक्रम उपलब्धिमूलक रहेको बताउँदै यसलाई अझ जोड दिन आनुरोध गरेका थिए ।

महानगरीय प्रहरी बृत बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहले लैङ्गिक हिंसा तथा अपराध नियन्त्रण गर्ने काम प्रहरीको मात्र नभएर आम समाजको चासोको विषय रहेको जनाएका थिए । हिंसा कम गर्न समाजमा चेतनाको विकास गर्न आवश्यक रहेको बताउँदै आम जनतालाई आफ्नो संविधान पढ्न अनुरोध गरेका थिए ।

कार्यक्रमका प्रशिक्षक लक्ष्मी सापकोटाले सारीरिक, मानसिक, आर्थिक र यौनजन्य लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिएकी थिईन् ।

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम संचाल महिला तथा बालबालिका शाखा प्रमुख सविना श्रेष्ठले गरेकी थिईन् भने स्वागत मन्तव्य प्रशासन प्रमुख सीता अधिकारीले राखेकी थिईन् ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रवत्ता तथा वडा नं ५ का वडाध्यक्ष राजाराम पुडासैनी, प्रमुख प्रसासकिय अधिकृत गिरिराज ज्ञवाली, प्रशासन प्रमुख सीता अधिकारी, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायत अन्य समाजसेवी तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको प्रतिक सेतो रिवन वितरण तथा लैङ्गिक हिंसा विरुद्ध प्रतिबद्धता हस्ताक्षर समेत संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्