२५ मंसिर २०७६, काठमाडौँ
भारतको चर्चित रियालिटी शो मध्येको एक बिगबोस पनि हो । बिगबोस भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै चर्चामा छ । बिगबोस नहेर्ने सायद कोही छैनन् होला । झन अहिले चलिरहेको बिगबोस सिजन १३ त झन सर्वाधिक चर्चामा छ ।
बिगबोस चल्नुको मुख्य कारण यसका होस्ट सलमान खान पनि हुन् । सलमानले यो शो लाई उचाइमा पुर्याउन निकै मेहेनत पनि गरेका छन् । पछिल्लो १० बर्षदेखि सलमानले बिगबोस होस्ट गर्दै आएका छन् । तर अब भने सलमानले बिगबोस छोड्न लागेको कुराले अहिले बलिउड तात्तिरहेको छ ।
सलमानले आफ्नो स्वास्थ्यमा समस्या आएका कारण बिगबोस छोड्न लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । अहिलेसम्म सलमानले नै यसबारे भने केही बताएका छैनन् । सलमानको परिवारले पनि उनको स्वास्थ्यको ख्याल गर्दै बिगबोस छोड्न आग्रह गरिरहेका छन् ।
स्रोतलाई उद्धृत गर्दै डेकन क्रोनिकलमा छापिएको रिपोर्टले सलमान ट्राइजेमिनल न्यूरलजियाबाट ग्रसित भएको र उक्त रोगका कारण उनी रिसाउन नहुने दाबी गरेको छ ।
यो रोग लागेकाहरुलाई अनुहारको मांसपेशी खुम्चाएपछि अत्यधिक पीडा हुन्छ । यस्तोमा कार्यक्रमका प्रतियोगीको व्यवहारमा जब सलमानलाई रिस उठ्छ तब त्यो उनीहरुको स्वास्थ्यको हिसाबले ठिक नभएको बताइएको छ ।