२७ मंसिर २०७६, काठमाडौं
निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याब्सक)को चौथो अधिवेशनबाट गेन्द्र लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
काभ्रेको धुलिखेलमा भएको अधिवेशनबाट अध्यक्ष लामा सहित १५ सदस्य कार्यसमितिहरु :
अध्यक्ष : गेन्द्र लामा
उपाध्यक्ष : समिर बास्तोला
महासचिव : राजन श्रेष्ठ
उप–महासचिव : भिष्मराज ढकाल
सचिव : दिबेस खत्री
कोषाध्यक्ष : मिन कुमार कोइराला
सह–कोषाध्यक्ष : सुदिप काफ्ले
सदस्यहरु:
लेखजंग खत्री
राजेन्द्र पुडासैनी
भोज कुमार धमला
होमलक्ष्मी गुरुङ
तेन्जिङ्ग भुटिया
राजकुमार गिरी
सन्तोष लुइटेल
अनिता गिरी
नवनिर्वाचित कार्यसमितीलाई निर्बाचान आयुक्त अधिबक्ता सिपी आचार्यले सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष लामाले मन्तव्य राख्दै चौथो अधिबेशन बाट म र मेरो टिमलाई बिस्वास गरि निर्बिबाद कार्यसमिति चयन गर्न सहयोग गरेकोमामा निबर्तमान कार्यबाहक अध्यक्ष, सस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, सल्लाहकारहरु लगायत विद्यालयका सम्पुर्ण प्रतिनिधिहरुलाइ धन्यवाद ब्यक्त गरेका थिए ।
अध्यक्ष लामाले आफुलाइ दिइएको जिम्मेवारीलाई इमान्दारिता र लगनशिलताका साथ निजी विद्यालयहरुको मर्म र भावना अनुरुप काम गर्ने, प्याब्सकको एकता, भातृत्व, भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउदै प्याब्सकलाई सबल र आर्थिक रुपमा समृद्ध प्याब्सक बनाउने प्रतिवद्धता समेत जनाएका थिए ।