त्यो न्यूजिल्याण्डको ज्वालामुखी [१५ तस्वीरमा हेर्नुस्]



२७ मंसिर २०७६, काठमाडौं

न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा गत सोमबार एक ज्वालामुखी विस्फोट भयो।

ज्वालामुखीमा केही पर्यटकसमेत फसेका थिए। मंगलबारसम्म केही पर्यटकहरुले ज्यानसमेत गुमाए। केही पर्यटकहरु बेपत्ता भए। कम्तीमा ३० जना गम्भीर घाइते भएका समाचारमा जनाइयो।

एक पर्यटक माइकल शाडेले ट्विटरमा तस्वीर शेयर गर्दै भनेका छन्, ‘हे भगवान् २००१ पछि पहिलो पटक न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विस्फोट भयो। २० मिनेट पहिले म र मेरो परिवार यहाँ आएका थियौं। हामी हाम्रो डुङ्गा पर्खिरहेका थियौं। त्यही समयमा त्यहाँ ज्वालामुखी विस्फोटन भयो।’

तस्वीर श्रोतः माइकल शाडेका ट्वीटर अकाउण्ट

प्रतिक्रिया दिनुहोस्