२९ मंसिर २०७६, काठमाडौँ
मिस वर्ल्ड २०१९ को हिजो फिनाले भएको छ । यो सँगै २०१९ को मिस वर्ल्ड को ताज जमैकाकी सुन्दरी टोनी एन सिंहले पाउन सफल भएकी छिन् ।
नेपाललाई प्रतिनिधित्व गर्दै मिस वर्ल्ड का लागि गएकी अनुष्का उत्कृष्ट १२ बाट अघि बढ्न सकिनन् । तर उनले २ विशेष अवार्ड भने जितिन् । अनुष्काले मल्टिमिडिया अवार्ड र ब्युटी विथ प्रपोजको अवार्ड जित्न सफल भएकी छिन् ।
गत बर्ष श्रृङ्खलाले पनि यीनै २ अवार्ड जित्न सफल भएकी थिइन् । अनुष्काले मिस वर्ल्ड को ताज यसपटक नेपाल भित्र्याउन आश धेरैले गरेका थिए । तर उनले मिस वर्ल्ड को ताज जित्न सकिनन् । मिस वर्ल्ड को ताज नजितेपनि अनुष्काले नेपालको नाम भने परिचित गराएकी छिन् ।