२९ मंसिर २०७६, काठमाडौँ
पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी आजभोली प्रेम सम्बन्धका कारण चर्चामा आउन थालेकी छिन् । मलिना निर्धक्कसँग आफ्ना प्रेमीसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरिरहेकी हुन्छिन् ।
यस्तै मलिनालाई आजभोली विवाहबारे पनि प्रश्न गर्न थालिएको छ । मलिनाले सम्भवतः आफ्नो विवाह अर्को बर्ष हुने बताइन् ।
उनले आफू जाडो महिनामा भने विवाह नगर्ने पनि बताएकी छिन् । मलिनालाई जाडो महिना मन पर्दैन । जसका कारण उनी आफ्नो विवाह चिसो महिनामा गर्न चाहन्नन् ।