२९ मंसिर २०७६, काठमाडौँ
बलिउड अभिनेता सलमान खानको घर बमले उडाइदिने धम्की दिदैँ मुम्बई पुलिस स्टेशनमा केही समय अघि एउटा इमेल आएको थियो । इमेल पढ्ने बित्तिकै पुलिसहरुको होस उड्यो र उनीहरु तुरुन्त सलमानको घर पुगे ।
सलमान त्यसबेला घरमा थिएनन् । तर उनका आमाबुबा भने थिए । आमाबुबालाई त्यतिबेलासम्म केही भएको थिएन । पुलिसले सलमानका आमाबुबालाई सुरक्षित ठाउँमा राखेर घरको खोजीतलासी गरे । तर कतै केही भेटिएन ।
पछि थाहा भयो कि त्यो इमेल झुटो रहेछ । इमेल गाजियाबादबाट एक १६ बर्षे युवकले पठाएका रहेछन् । जब पुलिस उनको घर पुग्यो तब उनी फरार भइसकेका थिए । पुलिसले उनका दाइलाई घटनाबारे पूर्ण जानकारी दिएर उनलाई घर फिर्ता हुन बाध्य बनायो । त्यसपछि पुलिसले ती युवकलाई बान्द्राको पुलिस स्टेशनमा आत्मसमर्पणका लागि नोटिस पठाए र त्यसपछि उनलाई जुवेनाइल कोर्टमा पेश गरेपछि रिहा गरिएको छ ।