यि हुन् बलिउडका घमण्डी कलाकार, जो सधैँ चर्चामा आइरहन्छन्



२९ मंसिर २०७६, काठमाडौँ

बलिउडमा कत्ति कलाकारहरु यस्ता छन् जो आफ्नो कामका कारण मात्र नभएर दैनिक जीवनमा गर्ने कामका कारणहरु पनि चर्चामा आइरहन्छन् । केही कलाकारको व्यवहारले उनहरुलाई घमण्डी बनाइदिन्छ । आज हामी यहाँ तिनै कलाकारबारे चर्चा गर्नेछौँ ।

सलमान खान

बलिउड स्टार सलमान खानलाई रिसाहा र घमण्डी अभिनेता भनिन्छ । उनको धेरै बलिउड कलाकारसँग सम्बन्ध राम्रो छैन ।

शाहरुख खान

हेर्दा शाहरुख खान घमण्डी देखिदैँनन् । तर उनको पनि घमण्डी व्यवहार भएको कारण बलिउडका धेरै समिक्षकसँग उनको सम्बन्ध राम्रो नभएको बताइन्छ ।

ऐश्वर्या राय

आफ्नो सुन्दरताको कारण सधैँ चर्चामा आउने अभिनेत्री ऐश्वर्या राय निकै रिसाहा भएको र उनको आफ्नो को स्टारसँग राम्रो बोली नभएको बताइन्छ ।

करिना कपुर

करिना कपुरले पनि आफ्ना को स्टारसँग बिना कारण झगडा गर्ने गरेको चर्चा कहिलेकाहीँ चलिरहन्छ । यस अर्थमा उनी पनि घमण्डी अभिनेत्रीमा गनिन्छिन् ।

कट्रिना कैफ

सुन्दर नायिका कट्रिना कैफले आफ्ना फ्यानहरुलाइ होच्याउने गरेको बताइन्छ । एकपटक त उनले आफ्नो अटोग्राफ माग्न आएका फ्यानलाई सुटिङबाटै निकालिदिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्