३० मंसिर २०७६, काठमाडौँ
चलचित्र विकास बोर्ड का अध्यक्ष तथा नेपाली चलचित्र क्षेत्रका सफल निर्माता तथा कलाकार केशव भट्टराईको आइतबार राति असामयिक निधन भएको छ ।
अचानक स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई तुरुन्त उपचारका लागि ओम अस्पताल लगिदैँ थियो । तर बाटोमा नै उनको निधन भएको छ । उनको निधनले यतिबेला पुरा चलचित्र क्षेत्रलाई नै स्तब्ध तुल्याएको छ ।
करिब ३ दशकदेखि उनले निरन्तर चलचित्र क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । उनले चलचित्र विकास बोर्ड मा केही राम्रा नियमहरु समेत लागू गरेका थिए ।