३० मंसिर २०७६, काठमाडौँ
करिब १० बर्ष अगाडी चलचित्र दबंग मा सलमानको जोडीको रुपमा सोनाक्षी सिन्हाले आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् । दबंग मा उनकी सलमान खान (चुलबुल पाण्डे) की श्रीमती रज्जो को भूमिकामा देखिएकी थिइन् । सलमान र सोनाक्षीको केमेष्ट्रिलाई दर्शकले अत्यन्तै रुचाएका थिए ।
सलमान र सोनाक्षीले दबंग २ मा पनि एकसाथ काम गरे । दबंग र दबंग २ दुवै बक्सअफिसमा ब्लकबस्टर भएका चलचित्र हुन् । अहिले सोनाक्षी दबंग ३ को प्रमोशनमा व्यस्त छिन् । जहाँ उनी तेस्रो पटक चुलबुलकी रज्जोको भूमिकामा देखिदैँ छिन् । सलमान हत्तपत्त चलचित्रमा एउटै नायिकासँग दोहोरिएर काम गर्न रुचाउँदैनन् तर उनले दबंग का हरेक सिरिजमा सोनाक्षी नै हुने बताएका छन् ।
यस्तै सोनाक्षीले सलमानबाट आफूले धेरै कुरा सिक्ने मौका पाएको र उनीसँग काम गर्न निकै सहज हुने बताइन् । साथै उनले आफ्नो करियरको बारेमा समेत आफूले सलमानसँग सल्लाह लिने गरेको बताइन् । सोनाक्षीले सलमानसँग सल्लाह लिएपनि निर्णय भने आफैँले नै गर्ने गरेको बताइन् ।