३० मंसिर २०७६, काठमाडौँ
चलचित्र विकास बोर्ड का अध्यक्ष केशव भट्टराईको असामयिक निधनले यतिबेला पुरा चलचित्र क्षेत्र नै शोकमा डुबेको छ । केशवले आफ्नो पुरा जीवन नै चलचित्र क्षेत्रमा बिताएका थिए ।
यस्तै केशवको राष्ट्रिय सम्मानका साथ अत्येष्टि गरिने भएको छ । अहिले उनको पार्थिक शरीर चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको छ । केहीसमय पछि उनको पार्थिक शरीर पशुपतिमा लगिने र उनको अत्येष्टि गरिने बताइएको छ । केशवको परिवारमा उनकी श्रीमती र १५ बर्षिया १ छोरा पनि छन् ।