३० मंसिर २०७६, काठमाडौँ
अनुष्का श्रेष्ठले मिस वर्ल्ड २०१९ मा नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी जनाएकी थिइन् । अनुष्का मिस वर्ल्ड को उत्कृष्ट १२ बाट बाहिरिएकी थिइन् । तर उनले २ महत्वपूर्ण अवार्ड भने हात पारिन् ।
अनुष्काले मिस वर्ल्ड को सबैभन्दा महत्वपूर्ण अवार्ड ब्यूटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी छिन् । यस्तै अनुष्काले आफूले मिस वर्ल्ड को ट्रफी उचाल्न नसकेपछि विश्वमा नेपालको नाम चिनाउन सफल भएकोले आफूलाई निकै गर्व महशुस भएको बताइन् ।
अनुष्काले मिस वर्ल्ड को स्टेजमा नेपालको झण्डा फहराउन पाउनु नै आफ्नो लागि महत्वपूर्ण कुरा भएको बताइन् । गत बर्ष श्रृङ्खलाले पनि यिनै २ अवार्ड जितेकी थिइन् ।