०१ पुष २०७६, काठमाडौँ
चलचित्र विकास बोर्ड का अध्यक्ष केशव भट्टराई र कलाकार दिपक क्षेत्रीको निधनले यतिबेला पुरा चलचित्र क्षेत्र नै शोकमा डुबेको छ । हिजो केशव र दिपकको राष्ट्रिय सम्मानका साथ अत्येष्टि गरिएको छ ।
दिपक र केशवलाई श्रद्धाञ्जली दिनको लागि पशुपति आर्यघाटमा कलाकारको निकै भीड लागेको थियो । धेरै कलाकारले आफूलाई सम्हाल्न नसकेर निकै रोए पनि ।
भट्टराई र क्षेत्रीको पार्थिव शरीरलाई पशुपति आर्यघाट लैजानु अघि चलचित्र विकास बोर्डको परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । विकास बोर्डको परिसरमा दुई चलचित्रकर्मीलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पुगेका थिए ।