०१ पुष २०७६, काठमाडौँ
यतिबेला धुर्मुस–सुन्तली दिनरात नभनी किक्रेट रंगशाला बनाउन लागिपरेका छन् । अहिले उनीहरुको मुख्य काम भनेको नै रंगशाला बनाउनु हो । यस्तै क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउन धुर्मुसले नयाँ तरिका अपनाएका छन् ।
धुर्मुसले रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउनका लागि रंगशाला बाहिर ठेलामा सुन्तला, बदाम बेच्न थालेका छन् । अहिले धुर्मुसको यस कार्यले सबैको ध्यान आकर्षण गरिरहेको छ ।
धुर्मुसलाई यो आइडिया सामाजिक अभियान्ता अर्जुनले दिएका हुन् । धुर्मुसले पनि यस्तो काम गरेको यो आफ्नो पहिलो अनुभव भएको बताएका छन् भने आफूलाई रमाइलो पनि लागिरहेको बताएका छन् ।