०२ पुष २०७६, काठमाडौँ
यतिबेला मनाङमा चलचित्र प्रेमगीत ३ को छायांकन भैरहेको छ । मनाङको हिउँमा चलचित्रको छायांकन निकै राम्रोसँग भैरहेको छ ।
तर लगातार हिउँ परेका कारण केही समस्या पनि देखिइरहेको छ । प्रदिप खड्का र कृष्टिना गुरुङको मुख्य भूमिका रहेको चलचित्र प्रेमगीत ३ को ७५ प्रतिशत छायांकन सकिसकेको र २५ प्रतिशत छायांकन अब २ हप्तामा सकिने निर्माण टिमले जानकारी दिएको छ ।
प्रेमगीत ३ यो बर्षको सबैभन्दा प्रतिक्षित चलचित्र हो । चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरिरहेका छन् भने सन्तोष सेन नै चलचित्रका निर्माता हुन् ।