पूर्व मिस नेपाल श्रृङ्खलाले भनिन् : ‘हरेक महिला कुनै न कुनै रुपले यौन हिंसामा परेका हुन्छन्’



०२ पुष २०७६, काठमाडौँ

पोखरामा हालै सम्पन्न भएको नेपाल साहित्य महोत्सवको तेस्रो दिन ‘हामीले बाँच्न चाहेको नेपाल’ विषयमा बोल्दै पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले नेपालमा महिला हिंसा घटना हुने गरेको उल्लेख गरेकी छिन् ।

श्रृङ्खलाले कुनै न कुनै रुपमा महिलामाथि हिंसा हुने गरेको बताइन् । उनले सानोमा आफू समेत हिंसाको सिकार भएको तर त्यस समयमा आफूमाथि हिंसा भएको भन्ने महशुस नै गर्न नसकेको पनि बताइन् । उनले समाजलाई बुझ्दै जादाँ हिंसाबारे आफूले ज्ञान प्राप्त गर्दै गएको पनि सुनाइन् ।

श्रृङ्खलाले समाजमा छोराछोरी बिच भेदभाव हुने भएकाले पनि यस्तो समस्या निम्तिएको बताएकी छिन् । उनले भावी दिनमा नेपालमा महिला र पुरुषलाई समान व्यवहार गरेको हेर्न चाहेको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्