०२ पुष २०७६, काठमाडौँ
आयुष्मान देशराज जोशीले हिजो आफ्नो जन्मदिन मनाए । प्रियंकाले इन्ष्टाग्राममा लामो स्टाटस लेख्दै आयुष्मानलाई जन्मदिनको शुभकामना दिएकी थिइन् ।
प्रियंका लेखेकी छिन्–‘म तिमीलाई सदाका लागि माया गर्छु र त्यो भन्दा पनि अझ थप एकदिन पछिसम्म माया गरिरहनेछु ।’
प्रियंकाले सुरुवातमै लेखेकी छिन्–‘मलाई थाहा छ, म तिमीसँग प्रणय बन्धनमा बाँधिएको पहिलो व्यक्ति होइन । तिमीपनि पहिलो व्यक्ति होइनौ जसलाई मैले एकहोरो भावले सधैभरी हेरिरहेँ । हामीहरु दुबै एउटै चक्कुका दुई धार जस्ता तिखा विचारहरु बोकेका व्यक्तिहरु हौं ।’
यसबाहेक प्रियंकाले आयुष्मानका लागि अन्य धेरै कुरा पनि लेखेकी छिन् । प्रियंकाको स्टाटसबाट उनले आयुष्मानलाई धेरै माया गर्ने स्पष्ट हुन्छ । आयुष्मान र प्रियंकाको इन्गेजमेन्ट भैसकेको छ । दुवैको यहि असारमा विवाह हुने कुरा थियो तर प्रियंकाले अब अर्को बर्ष मात्र विवाह हुने बताएकी छिन् ।