०२ पुष २०७६, काठमाडौँ
नायिका शिल्पा पोखरेलको करियर अहिले धरापमा छ भन्दा फरक नपर्ला । उनी खासै चलचित्रमा व्यस्त छैनन् । उल्टो छविसँगको डिभोर्सको कुराले उनी निकै आलोचित बन्न पुगिन् ।
शिल्पाले अहिले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै फोटो हालेकी छिन् । उनले लेखेकी छिन् ‘गज्जबको प्रतिस्पर्धा चल्दैछ भाग्य र म बिच । उ जित्न दिदैन, म हार्न जान्दिनँ ।’
शिल्पाले भाग्यले आफूलाई जित्न नदिएको तर आफूले हार्न नजानेको भनेर सायद, आफ्नो वर्तमान अवस्थालाई चित्रण गर्न खोजेको हुनुपर्छ ।