०४ पुष २०७६, काठमाडौँ
रणवीर कपुर र श्रद्धा कपुर दुवै पछिल्लो समयका चर्चित बलिउड कलाकार हुन् । रणवीरले भर्खरै चलचित्र ब्रम्हास्त्र को छायांकन सकेका छन् भने श्रद्धा कपुर स्ट्रिट डान्सर थ्रीडी को प्रमोशनमा व्यस्त छिन् ।
यस्तै अहिलेसम्म पर्दामा एकसाथ नदेखिएका रणवीर र श्रद्धा पहिलो पटक पर्दामा एकसाथ देखिने भएका छन् । लभ रञ्जनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा रणवीर र श्रद्धाले काम गर्ने भएका छन् ।
चलचित्रको नाम भने खुलाइएको छैन । तर चलचित्रको रिलिज डेट भने तय भैसकेको छ । चलचित्र सन् २०२१ को मार्च मा रिलिज हुने बताइएको छ ।