०४ पुष २०७६, काठमाडौँ
सलिनमान बनियाँ अहिले फुर्सदमा छन् । उनले अहिले कुनै चलचित्रमा काम गरेका छैनन् । यात्रा पछि उनले ६ महिना ब्रेक लिने बताएका थिए । ६ महिना कटिसक्दा पनि सलिनको हातमा फिल्म छैनन् ।
सलिनले राम्रो स्क्रिप्ट नआएका कारण अहिले चलचित्र गर्न नहतारिएको बताएका छन् । चलचित्रमा नभएपनि सलिन सामाजिक सञ्जालमा भने सक्रिय छन् । सलिनले हालैमात्र इन्ष्टाग्राममा आफ्नी प्रेमिकासँगको तस्बिर सार्वजनिक गरेका छन् ।
अहिले उक्त तस्बिरले निकै चर्चा पाइरहेको छ । तस्बिरमा उनले प्रेमिकालाई आफ्नो अगांलोमा बाधेका छन् । उनले क्याप्सनमा लेखेका छन्, मेरो जीन्दगी, मेरो सबथोक । सलिनको क्याप्सनबाट पनि उनले आफ्नी प्रेमिकालाई निकै माया गर्ने स्पष्ट हुन्छ ।