०५ पुष २०७६, काठमाडौँ
बलिउडमा केही यस्ता नायिकाहरु छन् जो आफ्नो कामसँगै सम्पत्तिका कारण पनि चर्चामा आउने गर्छन् । आज हामी यहाँ सर्वाधिक धनी बलिउड नायिकाहरुबारे चर्चा गर्नेछौँ ।
ऐश्वर्या राय बच्चन :
ऐश्वर्या राय बच्चन बलिउडकी निकै धनी नायिकाहरुको सूचीमा पर्छिन् । पछिल्लो समयमा उनी चलचित्रमा त्यति सक्रिय छैनन् । तरपनि उनको कूल सम्पत्ति ३७६ करोड नेरु रहेको बताइएको छ ।
इलियाना डिक्रुज :
बलिउडकी मात्र नभएर तामिलकी समेत चर्चित नायिका इलियाना डिक्रुज पनि सर्वाधिक धनी नायिका हुन् । उनको कूल सम्पत्ति १५० करोड नेरु रहेको अनुमान गरिएको छ ।
काजोल :
काजोल विवाहपछि चलचित्रमा त्यति सक्रिय छैनन् । तर कुनै समयमा भने उनले बलिउडमा राज गरेकी थिइन् । उनै काजोलको कूल सम्पत्ति १७१ करोड रहेको भारतीय मिडियाले जानकारी दिएको छ ।
अमिषा पटेल :
अमिषा बलिउडकी सर्वाधिक धनी नायिका हुन् । उनको कूल सम्पत्ति ३२० करोड नेरु भन्दा बढी रहेको बताइएको छ ।
प्रियंका चोपडा :
बलिउडकी मात्र नभएर हलिउडकी समेत चर्चित नायिका प्रियंका चोपडाको सम्पत्ति पनि निकै रहेको छ । हालसम्म उनको कूल सम्पत्ति ८८ करोड रहेको बताइएको छ ।