प्रधानमन्त्रीको रिट्वीटले हंगामा, कसको थियो त्यो आइफोन ?



०६ पुस २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीको भिडियो रिट्वीट भएपछि हंगामा भएको छ।

प्रधानमन्त्री केपी ओलीकै ट्वीटर अकाउन्ट असुरक्ष्ँित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रुप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्वीटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो । घटना सम्बन्धमा नेपाल प्रहरीअन्तरगतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार बिहान ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण डाटा ब्युरोलाई जिम्मा लगाइएको बताए । प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल प्रधानमन्त्री बाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले चलाउँछन् । त्यसबाहेक ट्वीटरको पासवर्ड प्रमुख सल्लाहकार विष्ण रिमाल र आइटीविज्ञ अली असगरलाई थाहा छ । उनीहरुबाट ट्वीटर दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छैन । तर, प्रहरीको अनुसन्धानले सचिवालयभित्रकै उक आइफोनबाट ट्वीटर दुरुपयोग भएको देखाएको छ ।यो समाचार आजको नयाँ पत्रिकामा छ ।

अन्नपूर्ण पोष्टका अनुसार भारतमा नागरिकता कानुन संशोधनको विरोधमा आन्दोलन चर्किरहेका बेला प्रतिपक्षी नेतृ सोनिया गान्धीको भिडियो सन्देशलाई प्रमको ट्वीटर ह्यान्डलबाट रिट्वीट गरिएको थियो । कानुन संशोधनपछि भारत सरकारको विरोध भइरहँदा प्रतिपक्षी धारणालाई साथ पुग्ने गरी रिट्वीट भएको अर्थ लाग्दा भारतको चासो रह्यो । भारतीय केही सञ्चारमाध्यमले यसलाई समाचारनै बनाए । दि टेलिग्राफले अनलाइन संस्करणमा ‘नेपालका प्रधानमन्त्रीको रिट्वीटको रहस्य’ शीर्षकमा समाचार प्रकाशन गर्यो । भारतीय दूतावासमा सबेरैदेखि टेलिफोन बज्न थाल्यो । कर्मचारी शनिबार पनि व्यस्त रहे । उनीहरुले सम्बन्धित निकायमा बुझ्दा भूलवश/अन्यता भएको पाए पनि यस्ता विषयमा गम्भीर हुनुपर्ने सन्देश प्रवाह गरे । प्रधानमन्त्रीका सल्लाहकार डा राजन भट्टराईले हाम्रो आधिकारिक धारण होइन भन्ने जानकारी गराइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्