पाकिस्तानमा ३३ वर्षे प्राध्यापकलाई मृत्युदण्डको सजाय



०६ पुस २०७६, काठमाडौं

पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ ।

३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा पेगम्बर मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको आरोप थियो ।

अतिरिक्त जिल्ला र सत्र न्यायाधीसले जुनैद हफिजमाथि पाँच लाख जरिवाना पनि तोकेको छ । ईशनिन्दाको आरोपलाई पाकिस्तानमा निकै गम्भीरताका साथ लिइन्छ ।

हफिजका पहिलो वकिल, राशिद रहमानले सन् २०१४ उनको मुद्दा लड्नका लागि तयार थिए तर उनको गोली हानी हत्या गरिएको थियो ।त्यसपछि यो मुद्दा लड्नका लागि कोही पनि वकिल तयार भएनन् । पछि जब अर्का एक वकिल मुद्दा लड्न तयार हुँदा उनलाई पनि धम्की दिइएको बताइन्छ ।

मुद्दाको सुनुवाई सन् २०१४ मा सुरु भयो जसमा अभियोजन पक्षको तर्फबाट १३ व्यक्तिले बयान दिए । प्राध्यापकविरुद्ध बयान दिने व्यक्तिमा विश्वविद्यालयका शिक्षक, विद्यार्थी र पुलिसकर्मी थिए ।

मुल्तान सेन्ट्रल जेलमा बन्द जुनैद हफिजले अमेरिकामा फुलब्राइट स्कोलरशीपमा मास्टर डिग्री गरे र उनको विशेषज्ञता अमेरिकी साहित्य, फोटोग्राफी र थिएटरमा छ । पाकिस्तान फर्किएपछि उनी मुल्तानको बहाउद्दीन जकारिया विश्वविद्यालय (बीजेडयू) मा प्राध्यापक बने ।

यसैबीच अभियोजन पक्षका वकिललले आफ्ना सहयोगीलाई मिठाई बाँडे साथै ‘अल्ला हो अकबर’ र ‘ईशनिन्दकका लागि मृत्युदण्ड’ को नारा लगाए ।

प्रतिक्रिया दिनुहोस्