काठमाडौं महानगरको सहयोगमा बूढानीलकण्ठमा तामाङ संग्रहालय बन्ने



०६ पुस २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आईतबारे पार्क परिसरमा बनाईने तामाङ संग्रहालयमा काठमाडौं महानगरले सहयोग गर्ने भएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको उच्च भागमा रहेको करिव ३ सय रोपनी क्षेत्रफलमा बन्ने पार्क नगरकै मुख्य आकर्षणका रूपमा रहने नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी गराए । संग्रहालयमा तामाङ संस्कृति, रहनसहन र तामाङ समुदायको जन्मिए पश्चात मृत्यु हुँदासम्म गरिने सबै किसिमका गतिबिधिहरु समावेश गरिनेछ ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजनमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आइतबारे पार्क निर्माण क्षेत्रकोस्थलगत अवलोकन गरेका थिए । महानगरप्रमुख शाक्यले तामाङ संग्रहालयलाई महानगरले पूर्ण रुपमा तयार गरी  बूढानीलकण्ठ नगरपालिकालाई उपहार स्वरुप हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।

धेरै साधक र तपस्वीहरुको प्रिय भूमी शिवपुरी क्षेत्रमा पुग्दा निकै उत्साहित बनेका प्रमुख शाक्यले काठमाडौं उपत्यकाको पर्वत श्रृङ्खलाको सभ्यतासँग जोडिएका तामाङ जातिहरुको संग्रहालय निर्माण गर्नसके पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षणमा ठुलो योगदान पुग्ने धारणा राख्दै बूढानीलकण्ठको पानी र प्रकृतिसँग काठमाडौंको मुल सहर शताब्दीऔं देखी जोडिएको समेत स्मरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्